३० बैशाख २०८१, आईतवार
Follow Us

बेलायतमा अन्धाधुन्ध छुरा प्रहार, तीनको मृत्यु, तीन घाइते

नेपालब्रिटेन संवाददाता
७ असार २०७७, आईतवार ११:२५

लन्डन । बेलायतको रिडिङ पार्कमा एक युवाले अन्धाधुन्ध छुरा प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। छुरा प्रहार गर्ने लिवियाका एक नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

ती ब्यक्तिले पार्कमा रहेका समूहमा प्रवेश गरी जथाभावी छुरा प्रहार गरेको प्रत्यक्षदर्शीले बताएको बिबिसीले जनाएको छ। यसैबीच बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले घटना दुःख भएको भन्दै संयमित हुन आग्रह गरेका छन्। उनले आफू बेलायती जनताको साथ रहेकाले दोषीलाई कानुनीकारवाही हुने बताएका छन्।

घटनाको कारणबारे थप अनुसन्धान भइरहेको बेलाएतका अधिकारीहरुले बताएका छन्। गम्भीर घाइने भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको समाचारमा जनाइएको छ।