१३ बैशाख २०८१, बिहीबार
Follow Us

गुल्मी जिल्ला समाज यूकेले बाँड्यो स्वास्थ्य सम्बन्धी सामग्री (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
११ असार २०७७, बिहीबार २१:२०

शिब भण्डारी ।

लन्डन । बेलायत स्थित परोपकारी कार्यहरुका कारण एक उदाहरणीय संस्थाका रुपमा स्थापित गुल्मी जिल्ला समाज यूकेले कोरोना भाइरसको बढ्दो प्रकोपलाई मध्येनजर गर्दै गुल्मी जिल्लाका सबै स्वास्थ्य केन्द्रलाई तथा जिल्लाका अस्पताललाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई ) सहयोग गरेको छ ।समाजले ७ लाख ५० हजार रुपैयाँ पर्ने स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) पठाएको हो ।

समाजले बिहिबार दिउसो गुल्मीको सदरमुकाम तम्घास स्थित जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थ्य संस्थाहरुलाई ७ लाख ५० हजार मुल्य बरावरको स्वास्थ्य सामग्रि सहयोग गरेको छ । जिल्ला सदरमुकाम तम्घास स्थीत आइसोलेसन सेन्टर सहित पाँचवटा स्थानीय तहका स्वास्थ्य केन्द्रलाई अत्याधुनिक स्वाब संकलन क्लिनिक कक्ष सहितका सामग्रि सहयोग गरेको हो । स्थानीयतह अन्र्तगत रेसुंगा नगरपालीका, मुसिकोट नगरपालिका, छत्रकोट गाउँपालिका, रुरु क्षेत्र गाउँपालिका र चन्द्रकोट गाउँपालिकाका स्वास्थ्य केन्द्रलाई एक,एक थान अध्याधुनिक स्वाब संकलन तथा ज्वरो क्लिनिक कक्ष प्रदान गरिएको हो ।

समाजको तर्फवाट गुल्मी जिल्लाका अन्य सातवटा स्थानीय तहलाई समेत कोरोना बिरुद्ध प्रयोग गरिने २०/२० थान पीपीइ सेट र दुईदुई थान थर्मलगन समेत प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए । गुल्मी अस्पताललाई पनि समाजको तर्फवाट २० थान पीपीइ सेट र दुई थान थर्मलगन प्रदान गरिएको थियो ।

त्यस्तै जिल्ला बिपद् व्यावस्थापन समिति, पत्रकार, नगर तथा गाउँपालिका प्रमुखहरुलाई एक/एक थान केएन नाइन्टीफाइप माक्स प्रदान गरिएको थियो ।

समाज मार्फत प्राप्त सवै सामग्रीहरु गुल्मी जिल्ला समाज युकेका प्रतिनिधि लक्ष्मण गौतमले जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुली र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई हस्तान्तरण गरेका थिए । गुल्मी जिल्ला समाज युकेका प्रतिनिधि लक्ष्मण गौतमले जिल्लाका सवै किसिमका बिपद्हरुमा समाजको तर्फवाट विगतमा धेरै सहयोग पुराउँदै आएको बताए ।

सामग्रि हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली र प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले परदेशमा भएर पनि जन्मभुमीप्रति प्रवासीले देखाएको सहयोग अतुलनीय भएको भन्दै गुल्मी जिल्ला समाज युकेलाई विषेश धन्यबाद व्यक्त गरेका थिए ।