२३ बैशाख २०८१, आईतवार
Follow Us

चेल्सी तेस्रो स्थानमा

नेपालब्रिटेन संवाददाता
२४ असार २०७७, बुधबार ०३:५७

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा चेल्सी विजयी भएको छ । शीर्ष ३ मा रहेर लिग टुंग्याउने दिशामा रहेको चेल्सीले गएराति क्रिष्टल प्यालेसलाई ३—२ ले पराजित ग-यो । खेलको छैटौँ मिनेटमा ओलिभर जिरउडको गोलबाट अग्रता लिएको चेल्सीका लागि क्रिष्टियन पुलिसिकले २७ औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर पारे ।

३४ औँ मिनेटमा विलफ्रेड जाहाले क्रिष्टल प्यालेसका लागि एक गोल फर्काए । ७१ औँ मिनेटमा चेल्सीका लागि ट्यामी अब्राहमले गोल गरे भने ७२ औँ मिनेटमा क्रिष्टियन बेनटेकले गोल गरे । तेस्रो स्थानको चेल्सीको ३४ खेलबाट ६० अंक भएको छ । पराजित भएको क्रिष्टल प्यालेस ३४ खेलबाट ४२ अंकसहित १४ औँ स्थानमा छ ।

लिग अन्तर्गत मंगलबार राति नै भएको अर्को खेलमा वाट्फोर्डले नर्विच सिटीलाई २–१ ले पराजित गरेको छ । यस्तै अर्को खेलमा लेस्टर सिटी अर्सनलसँग बराबरीमा रोकिएको छ ।

१० खेलाडीमा सीमित सिटीले भएको आर्सनलसँग १–१ को बराबरी खेल्दै अंक बाँड्यो । २१ औँ मिनेटमा पिएर एमरिकको गोलबाट आर्सनलले सुरुवाति अग्रता लियो । ७५ औँ मिनेटमा एडी एनकेटिया सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सीमित भयो ।

८४ औँ मिनेटमा जेमी भर्डीले लेस्टर सिटीका लागि बराबरी गोल गरेर टिमलाई हारबाट जोगाए । चौथो स्थानमा रहेको सिटीको ३४ खेलबाट ५९ अंक भएको छ । आर्सनल ५० अंकसहित सातौँ स्थानमा कायम छ ।