३० बैशाख २०८१, आईतवार
Follow Us

बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध

नेपालब्रिटेन संवाददाता
३ श्रावण २०७७, शनिबार ०३:५३

काठमाडौं । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड पुनः अवरुद्ध भएको छ । तानसेन नगरपालिका–८ स्थित गौडेपुल नजिकै पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । पहिरोले बुटवलवाट स्याङजातर्फ जाँदै गएको एउटा ट्रक समेत पुरेको छ । अवरुद्ध सडक खुलाउने प्रयास भने जारी रहेको बताइन्छ । सो स्थानमा पहिरो खसेर पटक पटक सडक अवरुद्ध हुने गरेको छ । दुई दिनअघि पनि सोही ठाँउमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।