१६ बैशाख २०८१, आईतवार
Follow Us

उत्तर कोरियामा पहिलोपटक भेटिए कोरोना संक्रमित

नेपालब्रिटेन संवाददाता
११ श्रावण २०७७, आईतवार ०६:००

प्योङयाङ । उत्तर कोरियामा पहिलोपटक कोरोना भाइरस संक्रमित भेटिएको छ । उत्तर कोरियाको समाचार संस्था केसिएनएले गत हप्ता दक्षिण कोरियबाट फर्किएका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको हो ।

देशद्रोहको अभियोग लागेका ती व्यक्ति तीन वर्ष पहिले दक्षिण कोरिया गएका थिए । यसअघिसम्म उत्तर कोरियाले आफ्नोमा कोरोना भाइरसको संक्रमण नदेखिएको दावी गर्दै आएको थियो ।

तर अन्तर्राष्ट्रिय समुदायले भने त्यो कुरा सत्य नरहेको बताउदै आएको थियो । नयाँ संक्रमित भेटिएसँगै उत्तर कोरियाका नेता किम जोङ–उनले पोलिटब्यूरो बैठकमा नियन्त्रणमा उपायका विषयमा छलफल गरेका छन् । किमले संक्रमण नियन्त्रणमा लिनका लागि उच्चतम तहको आपतकालीन अवस्था लागु गर्न आदेश दिएका छन् ।

संक्रमण नियन्त्रणका लागि भन्दै केइसोङ्ग शहरसँग जोडिएको सीमा क्षेत्रमा लकडाउन लागु गरिएको छ । संक्रमण देखिएका व्यक्ति कडा सीमा सुरक्षाबीच कसरी स्वदेश प्रवेश गरे भन्नेमा समेत छानविन गर्न किमले आदेश दिएका छन ।