१८ बैशाख २०८१, मंगलवार
Follow Us

सगुनबिरुद्ध नेपाल धितोपत्र बोर्डको भ्रामक सूचना


१७ श्रावण २०७७, शनिबार २२:०४

लण्डन । सरकारले संचालन गरेको नेपाल धितोपत्र बोर्डले अमेरिकाको कानून अनुसार दर्ता भएको अमेरिकन कम्पनीका बिरुद्ध सार्वजनिक सूचना जारी गर्दै सर्वसाधारणमा भ्रम सृजना गरेको छ ।

केहि समय अघिदेखि नै धितोपत्र बोर्डले सगुनमा लगानीबारे गरिएको प्रचारबारे अध्ययन गरिरहेको बोर्डले झुठो सार्वजनिक सूचना जारी गरेको हो ।
केहि समय यता विभिन्न पत्रपत्रिका तथा सञ्चार माध्यमहरुमा विदेशमा दर्ता भएको सगुन इन्कर्पोरेशन जस्ता कम्पनीले नेपाली लगानीकर्तालाई लक्षित गरी धितोपत्रको सार्वजनिक निष्काशन जारी गरेको समाचार र विज्ञापनहरुप्रति बोर्डको गम्भिर ध्यानाकर्षन भएको सुचनामा भनिएको छ तर सगुनले नेपालका लगानीकर्ताको लागि धितोपत्र जारी नगरेको यसअघिनै विज्ञप्ति मार्फत प्रष्ट पारेको थियो ।

सूचनामा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २७ ९१० मा संगठनित संस्थाले नेपालमा धितोपत्रको निष्काशन गर्नु अघि बोर्डमा दर्ता गराउनुपर्ने र दफा २९ ९१० मा संगठनित संस्थाले एक पटकमा ५० जना भन्दा बढि व्यक्तिहरुलाई धितोपत्र विक्रि वितरण गर्ने भएमा त्यस्तो धितोपत्रको विक्रि वितरणको निमित्त सार्वजनिक निष्काशन गर्नुपर्ने भन्ने व्यावस्था रहेको उल्लेख छ तर सगुनको अमेरिकास्थित धितोपत्र बोर्डद्धारा संचालित कम्पनी हो । नेपालको धितोपत्रसंग कुनै सम्बन्ध राख्दैन् ।

त्यस्तै, बोर्डको स्किृती बिना नेपालमा धितोपत्रको निष्काशन गर्ने कार्य गैरकानुनी हुने र त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानुननको व्यावस्थाबाट लगानीकर्ताहरुको हित संरक्षण नहुने हुँदा कुनै पनि कम्पनीले गर्ने धितोपत्रको सार्वजनिक निष्काशनमा लगानी गर्दा बोर्डको स्किृती प्राप्त गरेको निष्काशनमा मात्र लगानी गर्न बोर्डले आव्ह्वान गरेको तर सगुन नेपालको शेयर बजारमा संलग्न छैन् ।

अमेरिकामा स्थापना भएको सगुनले केहि समय अघि नेपालमा सम्र्पक कार्यालय नै स्थापना गरेको विषयलाई लगानी बोर्डले अध्ययननै नगरि पत्रपत्रिका मार्फत सूचना जारी गरे पछि बोर्डको नेतृत्वमा रहेका पदाधिकारीहरुको क्षमतामा प्रश्न चिन्ह उठेको सगुनका लगानीकर्ताले गरेका छन् ।

सगुन विदेशमा बस्ने नेपालीहरुको सकृयतामा र लगानीमा संचालित सामाजिक संजाल हो । भारत लगायत अन्य देशमा अफिस नै स्थापना गरेर आईपीओ बिक्री थाले पछि यसको लोकप्रियता बढ्दै गएको छ । अहिले सगुनमा दैनिक ५० हजार भन्दा बढी प्रयोगकर्ता जोडिदै आएका छन् ।