५ जेष्ठ २०८१, शनिबार
Follow Us

सिन्धुपाल्चकोकको जुगलमा पहिरो, ३६ जना बेपत्ता, पाँचको उद्धार

sarusaru
३० श्रावण २०७७, शुक्रबार ०६:२३

काठमाण्डौ– सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीस्थित लामागाउँमा पहिरोले गाउँ बगाउँदा ३६ जना बेपत्ता छन् । सभामुख अग्नी प्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार ३६ जना बेपत्ता रहेको र अहिलेसम्म कसैलाई पनि निकाल्न नसकिएको बताएका छन् । सभामुख सापकोटा घटनास्थल पुगेका छन्। घाइते पाँच जनाको उद्धार गरेर थप उपचारका लागि चौतारा पठाइएको न्यौपानेको भनाइ छ । उनले भने, अहिले हामी घटनास्थमा छौं थप भन्ने अवस्थामा छैनौं ।’ पहिरो अझै पनि जाने क्रम नरोकिएकोले उद्धारमा समास्या भएको प्रहरीले जनाएको छ । कति घर पुरियो र के कति हताहती भयो भन्ने यकिन गर्न कठिनाइ भएको छ । आज विहान ६ बजे गएको पहिरोले गाउँ बगाएको हो ।