१६ बैशाख २०८१, आईतवार
Follow Us

थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि, सातको मृत्यु

नेपालब्रिटेन संवाददाता
९ भाद्र २०७७, मंगलवार ११:३३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३१३ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १९ हजार १ सय १९ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । विगत २४ घण्टामा ११ हजार ३ सय २७ जनाको पिसिआर परीक्षण भएको छ । त्यस्तै आइसोलेसनमा रहनेहरुको संख्या १४ हजार २ सय ५० रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप सात जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौंमा तीन जना, सिरहा, पर्सा, धनुषा र रुपन्देहीमा एक–एक जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।