१५ बैशाख २०८१, शनिबार
Follow Us

कहिले हुन्छ नेपालको लागि लन्डनबाट नियमित उडान ? (सूचीसहित)

नेपालब्रिटेन डट कम्
९ भाद्र २०७७, मंगलवार १९:४०

लन्डन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नियमित तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन बारेको तालिका सार्वजनिक गरेको छ ।

मन्त्रालयले नेपाल नागरिक उड्ययन प्राधिकरणलाई मंगलबार एक पत्र प्रेषित गर्दै आगामी सेप्टेम्बर २ देखि नियमित अन्तर्राष्ट्रिय र चार्टर उडान गर्न तालिका उपलब्ध गराएको छ ।

मन्त्रालयले भदौ १७ देखि असोज १४ गतेसम्मको नियमित हवाई उडान तालिका स्वीकृत गरेको हो ।

सरकारले जारि गरेको तालिका अनुसार आगामी सेप्टेम्बर देखि लन्डनबाट हरेक हप्ता कतार र र्टकिस्ट एयरलाइन्सले उडान भर्ने भएका छन्।