काठमाडौ । चितवनको भरतपुर अस्पतालवाट भागेका कोरोना संक्रमित युवक नुवाकोटमा फेला परेका छन् । प्रहरीको चेकजाँचका क्रममा संक्रमित १९ बर्षे युवक नुवाकोट बेलकोटगढी-५ स्थित पक्राउ गरिएको हो ।साइकलमा जाँदै गर्दा पक्राउ परेका उनलाई नुवाकोटमा नै आइसोलेसनमा राख्न समन्वय भइरहको छ । चोरीको आरोपमा पक्राउ परेका उनलाइ कोरोना संक्रमण पुष्टि भएको थियो । भरतपुर अस्पतालको आइसोलेसनमा बस्दै आएका उनी मंगलबार बिहान त्यहाँबाट भागेका थिए ।