१५ बैशाख २०८१, शनिबार
Follow Us

संक्रमित विरामीलाई १४ दिनभित्र अनिवार्य डिस्चार्ज गर्न मन्त्रालयको निर्देशन

नेपालब्रिटेन संवाददाता
१० भाद्र २०७७, बुधबार १४:०४

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित विरामीलाई १४ दिनभित्र अनिवार्य रुपमा डिस्चार्ज गर्न निर्देशन दिएको छ । १४ दिनमा विरामी डिस्चार्ज नगरे त्यसको खर्च सरकारले नबेहोर्ने पनि मन्त्रालयले भनेको छ । मन्त्रालयले सामान्य लक्षण भएका कोरोना संक्रमितहरुको १० औं दिनमा पीसीआर टेष्ट गर्न पनि अस्पताललाई निर्देशन दिएको छ ।

परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएकालाई थप चार दिन अस्पतालमा राख्नुपर्ने छ र, १४ औं दिनको दिन पीसीआर टेष्ट नगरी डिस्चार्ज गर्नुपर्नेछ । यदी रिपोर्ट नेगेटिभ आए होम आइसोलेनसमा बस्ने गरी घर पठाउन पनि मन्त्रालयले भनेको छ ।