२० बैशाख २०८१, बिहीबार
Follow Us

बेहोस हुने इन्जेक्सन दिएर स्वाथ्यकर्मीले बलात्कार प्रयाश गरेपछि…

नेपालब्रिटेन संवाददाता
११ भाद्र २०७७, बिहीबार ०८:२१

बारा । महिलालाई जबरजस्ती गर्न खोज्ने एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । जबरजस्ती गर्न खोज्ने स्वास्थ्यकर्मीलाई निजगढ प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । रौतहटको कटहरिया नगरपालिका–२ घर भई हाल निजगढ नगरपालिका–११ रतनपुर बजार टोलमा क्लिनिक सञ्चालन गर्दै आएका २६ वर्षीय प्रमोद साह बनियालाई प्रहरीले पक्राउ गरेको हो ।

आइतवार दिउँसो करीब ११:५५ बजे उपचारका लागि आएकी रतनपुरीकी एक १८ वर्षीया विवाहिता महिलालाई उपचार गर्ने बहानामा अचेत हुने इन्जेक्सन लगाएर बलात्कार प्रयाश गरेको पीडित महिलाले आरोप लगाएकी छन् ।

स्वास्थ्यकर्मीले बलात्कार प्रयाश गरेपछि अर्धचेत महिलाले थाहा पाएकी थिइन् अर्धचेत अवस्थामै क्लिनिकबाट उठेर हिँडेकी महिला बाटैमा बेहोस भएर ढलेको पीडित महिलाकी श्रीमानले बताए । लकडाउनको अवस्था कोही नभएकोले मौकामा जबरजस्ती करणीको प्रायस गरेको पिडितका श्रीमानले जानकारी गराएका छन् ।

ति चिकित्सकलाई कडा कानूनी कारबाही गर्नुपर्ने भन्दै पीडित महिलाका श्रीमानले इलाका प्रहरी कार्यालय निजगढमा किटानी जाहेरी दिएका छन् । आरोपित स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको इप्रका निजगढका प्रहरी निरीक्षक विकास थपलियाले जानकारी दिए ।