२० बैशाख २०८१, बिहीबार
Follow Us

विनोद चौधरीलाई कोरोना संक्रमण

नेपालब्रिटेन डट कम्
१२ भाद्र २०७७, शुक्रबार ०७:५५

काठमाडौं । अर्बपति व्यवसायी एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ । चौधरीले शुक्रबार ट्विटमार्फत् आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेका हुन्। टुइटरमा भनेका छन्, ‘आजै बिहान पिसिआर परीक्षणको रिजल्ट आयो, मलाई कोरोना पोजेटिभ देखियो। तर मलाइ कुनै पनि लक्षण छैन।’ उनले आफूलाई संक्रमण पुष्टि भएपछि आइसोलेसनमा बसिसकेको र आफ्नो सम्पर्कमा रहेका सबैजनाले संभव सबै सतर्कता अपनाउन आग्रह गर्दै सामाजिक सञ्जालमा जानकारी दिएका छन्।


आफूमा कोरोनाका कुनै लक्षण नदेखिएको र डाक्टरको सल्लाहअनुसार आफू आइसोलेसनमा बसेको पनि उनले जानकारी दिएका छन् ।