२० बैशाख २०८१, बिहीबार
Follow Us

उपत्यकामा ४१५ सहित देशभर थपिए ९२७ जना कोरोना संक्रमित,थप १२ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१२ भाद्र २०७७, शुक्रबार ११:३३

काठमाडौं । नेपालमा थप ९ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा १० हजार २ सय २९ पीसीआर परीक्षण गर्दा ५ सय ९३ पुरुष र ३ सय ३४ महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ । काठमाडौं उपत्यकाका थप ४ सय १५ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३ सय ५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित थपिएका हुन ।

त्यस्तै मोरङमा ४६, सुनसरीमा ४१, धनुषमा २०, रौतहटमा २१ जनामा संक्रमण पुष्टि भएको छ । अहिले देशभरका आइसोलेसनमा १६ हजार १९ संक्रमित रहेका छन । तिमध्ये ६ हजार ४ सय ४६ होम आइसोलेसन र ९ हजार ५ सय ७३ संस्थागत आइसोलेसनमा रहेका छन । देशभरका अस्पतालमा २२ जना भेन्टिलेटरमा र १ सय ६४ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन । पछिल्लो २४ घन्टामा १ सय ६९ जना संक्रमित डिस्चार्ज भएका छन । योसँगै कोरोनामुक्त हुनेको संख्या २० हजार २ सय ४२ पुगेको छ ।

देशभरि क्वारन्टीनमा ८ हजार ९ सय ३९ जना रहेका छन । सरकारले कोरोना संक्रमितको उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल कलेज र काठमाडौंका कान्तिपुर जनमैत्री अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरेको छ । संक्रमितहरु राख्नका लागि केन्द्रमा १ हजार, प्रदेशमा १ हजार ९ सय ५७ र स्थानीय तहमा ३ हजार २ सय ४५ शैय्या थप गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म ६ लाख ५८ हजार १ सय १० वटा पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घन्टामा थप १२ जनाको संक्रमणवाट मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ८ पुरुष छन् । मृतकहरुमा मोरङका दुई महिला, भक्तपुर र मकवानपुरका एक एक जना महिला छन् । उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीका एक–एक जना पुरुषको पनि मृत्यु भएको छ । योसँगै कोरोनावाट मृत्यु हुनेको संख्या १ सय ९५ पुगेको छ ।