१६ बैशाख २०८१, आईतवार
Follow Us

तमुधिं युकेका निवर्तमान अध्यक्ष ज्ञाम गुरुङलाई पितृशोक

नेपालब्रिटेन संवाददाता
१३ भाद्र २०७७, शनिबार ०६:४२

पोखरा । तमुधिं युकेका निवर्तमान अध्यक्ष ज्ञाम गुरुङ पितृशोक परेको छ। चरक हस्पिटलमा उपचारको क्रममा समाजसेवी बाबा क्षेसराज गुरुङको ८६ वर्षको उमेरमा निधनपश्चात गुरुङलाई पितृशोक परेको हो।

करिब डेढ दशक अघिदेखि पक्षघातलगायतको स्वास्थ्य समस्यामा रहनुभएका स्वर्गीय गुरुङको पिसिआर टेष्ट गरिने भएको छ भने उक्त टेष्टको रिपोर्टपछि मात्र अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ।

समाजसेवी स्वर्गीय गुरुङ पर्वत जिल्ला, फलेवास नगरपालिका वडा नं.८ (तत्कालिन ठानामौला गाविस वडा नं.७) खाल्टे हर्राबोट गाउँ भई हाल पोखरा महानगरपालिका नयाँबजार प्रदर्शनी मार्ग निवासी चारभञ्ज्याङ तमु समाज पोखराका विशेष सहयोगदाता हुनुहुन्थ्यो।

स्वर्गीय गुरुङको २ छोरा र ४ जना मध्ये जेठा युके छोरा फोक्टन निवासी तमु धिं युकेका निवर्तमान अध्यक्ष ज्ञाम गुरुङ, बुहारी तमु धिं युके आमा समितिकी निवर्तमान अध्यक्ष प्रेमकुमारी गुरुङ, कान्छा छोरा अल्डरसट निवासी लालकाजी गुरुङ बुहारी इन्द्रा गुरुङ र छोरीहरु जेठी र माइली नेपाल मै हुनुहुन्छ भने साईली कृष्णकुमारी गुरुङ र कान्छी रामकुमारी गुरुङ युके अल्डरसट निवासी हुनुहुन्छ।