३० बैशाख २०८१, आईतवार
Follow Us

बागलुङमा बाढी वितण्डा : आठको शव फेला, सनाखत हुन बाँकी

नेपालब्रिटेन संवाददाता
१८ भाद्र २०७७, बिहीबार ०४:१०

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा गएराति आएको बाढीपहिरोले ८ जनाको मृत्यु भएको छ भने ९ जना बेपत्ता भएका छन् । राति करिब १२ बजे भूजीखोलामा आएको बाढीले ढोरपाटन वडा नम्बर ५, ६, ७, ८ र ९ का ३० घर बगाएको हो ।

बाढीले सडक छेरमा पार्किङमा राखेको जीप, दुई वटा विद्युत गृह, एक वटा झोलुङ्ले पुल, दुई वटा विद्यालय भवनसमेत बगाएको छ । ढोरपाटन नगरपालका ९ को लाँकुरीबोट १५ घर, दुनेपँधेरामा ५ घर, घट्टबोटमा ८ घर र सुप्राङ २ घर बगाएको छ ।

सरस्वति आधारभुत विद्यालय र जनचेतना प्राथमिक विद्यालय समेत बाढीको चपेटामा परेको छ । अहिले घटनास्थलमा प्रहरी पुगेर स्थानीयको सहयोगमा उद्धार थालेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।

विभिन्न ठाउँमा पहिरो गएको कारण उद्धारमा जान समस्या भएको छ । बाग्लुङका प्रमुख जिल्ला अधिकारी न्यौपाने सहितको टोलीपनि घटनास्थलतर्फ गएको छ ।