२१ बैशाख २०८१, शुक्रबार
Follow Us

आजबाट मलमास शुरु

नेपालब्रिटेन संवाददाता
२ आश्विन २०७७, शुक्रबार ०४:०२

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ । मलमासमा विवाह, व्रतबन्ध, पक्ष अनुष्ठान, पुराणवाचन जस्ता कार्य र मलमासको अवधिमा शुभ कार्य गर्न नहुने विज्ञले बताएका छन् ।

घरमा गरिने नियमित पूजापाठ, मन्दिर दर्शन, तिथि, बार या नक्षत्र मिलेर गर्ने योगहरु गर्न मिल्ने बताइएको छ । मलमासको समयमा विवाह गरेको पहिलो वर्ष परेमा श्रीमान् श्रीमती सँगै बस्न नहुने प्रचलन रहेको छ ।

मलमास चन्द्रमाको गति अनुसारको महिनाभित्र सूर्यको संक्रान्ति परेन भने यो एउटा अधिकमास हो । यसलाई मलमास भनिन्छ । अधिकमास प्रत्येक तीन वर्षमा एकपटक आउँछ ।

मलमासमा गर्न हुने र नहुने काम
मलमासमा गर्न हुने काम र गर्न नहुने काम भनेर अलग अलग रुपमा परिभाषित गरिएको छ । गर्न हुने काममा दैनिक विहान बेलुकाको पूजा, पुरुषोत्तम पूजा कथा श्रवण, त्यस्तै गर्न नहुने काममा श्राद्ध तथा पितृकर्म, विवाह व्रतवन्ध, चूडाकर्म, सप्ताह, नवाह, महारुद्री, शतचण्डी, शुभ मूर्हुतका कुनै पनि कर्म गर्नु हुदैन जस्तो गृह प्रवेश, नयाँ कार्यको थालनी , लामो यात्रा कार्यको शुभारम्भ गर्न अशुभ मानिन्छ ।