२० बैशाख २०८१, बिहीबार
Follow Us

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन संक्रमित

नेपालब्रिटेन संवाददाता
२ आश्विन २०७७, शुक्रबार ०४:११

चितवन । चितवनको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनलाई कोरोना पुष्टि भएको छ । भदौ २८ गते स्वाब दिएका मेयर वनलाई बिहिवार आएको नतिजामा कोरोना पुष्टि भएको हो ।

उनको रिपोर्ट एक सातापछि आएको हो ।सो समय काठमाडौं गएर फर्किएका प्रमुख वनले कोरोनासँग मिल्दोजुल्दो सामान्य लक्षण देखिएपछि गत भदौ २८ स्वाव परीक्षण गराएका थिए । उनी घरकै आइसोलेसनमा बसिरहेका छन् । नगरप्रमुख वनले स्वाब दिएको लामो समयपछि रिपोर्ट आउँदा समस्या भएको गुनासो गरेका छन् ।