२६ बैशाख २०८१, बुधबार
Follow Us

हुम्लामा हराएको ११ नम्बर सीमा स्तम्भ भेटियो

नेपालब्रिटेन संवाददाता
८ आश्विन २०७७, बिहीबार ०६:०१

काठमाडौं । उत्तरी छिमेकी मुलुका चीन र नेपाल बीचको सिमानामा राखेको ११ नम्बरको सिमा स्तम्भ राखेको ५८ वर्षपछि फेला परेको छ ।

हुम्लाको नाम्खा गाउँपालिका–६ लाप्चाको लोलुङजोङ क्षेत्रमा चीनले निर्माण गरेका भवनको विषयमा स्थलगत अध्ययन गर्न गएको प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरी नेतृत्वको टोलीले बुधबार उक्त सिमा स्तम्भ फेला पारेको हो ।

सिमास्तम्भ नाम्खा गाउँपालिका ६ टाकुलेमा भेटिएको जिल्लाका सुरक्षा अधिकारीलाई उधृत गर्दै नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार ११ नम्बर सीमास्तम्भ सीमा प्रहरी चौकी, हिल्साभन्दा माथि करिब पाँच हजार दुई सय मिटर उचाइमा भेटिएको हो ।

लोलुङजोङमा चीनियाँ अधिकारीसँगको वार्ता सफल नभएपछि प्रमुख जिल्ला अधिकारी गिरी नेतृत्वको टोली ट्याक्टरमा हिल्सा गएको थियो । हराएको ११ नम्बर पिल्लर सिमा प्रहरी चौकी हिल्सादेखि ७ घण्टाको पैदल दूरीमा पर्छ ।