१८ बैशाख २०८१, मंगलवार
Follow Us

मन्त्रिपरिषद पुनर्गठनबारे ओली र दाहाल सहमति नजिक

नेपालब्रिटेन संवाददाता
९ आश्विन २०७७, शुक्रबार १०:१५

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल सहमति नजिक पुगेको बताइन्छ । त्यसका लागि प्रधानमन्त्री ओली र दाहालबीच आज पनि छलफल भयो । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच सचिवालय बैठकले सहमति जुटाएका विषयलाई अन्तिम रुप दिने विषयमा कुराकानी भएको समाचारस्रोतले बतायो ।

दुबैले बिहीबार पनि मन्त्रिमण्डल पुनर्गठन, संवैधानिक आयोगको नियुक्ति र बाँकी रहेको एकताका विषयमा तत्काल टुंगो लगाउने लगायतका विषयमा छलफल गरेका थिए । तिनै विषयमा दुई अध्यक्षबीच आज थप छलफल भएको हो ।

प्रदेश र संघीय मन्त्रिमण्डल तत्काल पुनर्गठन गर्ने दुई अध्यक्षको तयारी छ । संवैधानिक निकायमा पनि नियुक्तिका लागि प्रतिपक्षी दल सहितलाई साथमा लिएर अघि बढने तयारी नेकपाको छ । एकताको काम भने असोजभित्र टुंग्याउने नेताहरुले बताउदै आएका छन् ।