२२ बैशाख २०८१, शनिबार
Follow Us

कोरोना संक्रमणबाट नेपालमा थप १० जनाको मृत्यु, १५७३ संक्रमित

नेपालब्रिटेन संवाददाता
११ आश्विन २०७७, आईतवार ११:४२

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७३ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १ हजार ५ सय ७३ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको हो । एकैदिन १० हजार १ सय २३ पीसीआर परीक्षण गर्दा १ हजार ४९ पुरुष र ५ सय २४ महिलामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये आधा भन्दा धेरै काठमाडौं उपत्यकामा रहेका छन । उपत्यकामा थप ८ सय नौ जनामा संक्रमण पुष्टि भएको छ ।

तिमध्ये काठमाडौंका ६ सय ३३, ललितपुरका १ सय चार र भक्तपुरका ७२ जना रहेका छन । त्यस्तै मोरङमा १ सय ५२, चितवनमा ८३, कास्कीमा २८, लमजुङमा २०, बाग्लुङमा ३२, दाङमा २२, बर्दिया ३३, बाँके ३३, रुपन्देही ४७, सुर्खेतमा ७६, कैलालीमा ५६ र बझाङमा २६ जनामा संक्रमण पुष्टि भएको छ । मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, रुपन्देहीमा पाँच सय भन्दा बढी सक्रिय संक्रमित छन । मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय संक्रमित छैनन । संक्रमितमध्ये १९ हजार १९ जना आइसोलेसनमा रहेका छन । तिमध्ये ८ हजार ३ सय २१ संस्थागत र १० हजार ६ सय ९८ जना होम आइसोलेसनमा रहेका छन ।

संक्रमितमध्ये २ सय २५ जनाको सघन उपचार कक्ष र ३३ जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ । देशभरका क्वारेन्टिनमा ६ हजार २ सय २१ जना मानिस बसिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा थप ८ सय ८५ जना कोरोना संक्रमणमुक्त भएका छन । योसँगै कोरोना मुक्त हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या ७३ दशमलब चार प्रतिशत रहेको छ ।

कोरोना भाइरस सक्रमण पहिचानका लागि अहिलेसम्म ९ लाख ८८ हजार ३ सय २७ पीसीआर नमूना परीक्षण गरिएको छ । कोरोना भाइरस संक्रमणवाट थप दश जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ पुरुष र एक महिला रहेका छन । काठमाडौंमा एक महिलाको मृत्यु भएको छ । त्यस्तै काठमाडौं, ललितपुर र बर्दियामा दुई–दुई जना पुरुषको मृत्यु भएको छ । त्यस्तै बारा, रुपन्देही र अछाममा एक–एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनावाट ज्यान गुमाउनेको संख्या ४ सय ७७ पुगेको छ ।

उपत्यकामा थपिए ८०९ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा थप ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट उपत्यकामा थप ५ जनाको मृत्यु भएको छ । संक्रमणबाट ललितपुरमा दुइ पुरुषको मृत्यु भएको छ भने काठमाडौंका एक महिला र दुइ जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।