७ जेष्ठ २०८१, सोमबार
Follow Us

रौतहटमा एक बालिकाको बलात्कारपछि हत्या

नेपालब्रिटेन संवाददाता
१७ आश्विन २०७७, शनिबार ०५:१६

रौतहटमा फेरि एक बालिकाको बलात्कारपछि हत्या भएको छ । रौतहटको बृन्दावन नगरपालिकामा शुक्रबार एक १४ वर्षीया बालिकाको बलात्कार पछि हत्या भएको हो । बृन्दावन नगरपालिको हरैया पल्टुवामा मामाघरमा बस्दै आएकी सम्झा साह कानुको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बिहान घाँस काटन गएकी सम्झा बेलुका अबेरसम्म पनि घर नफर्केपछि परिवार र स्थानीयले खोजी गर्दा अर्धनग्न अवस्थामा उनको शव उखुबारीमा फेला परेको थियो । घटनाको प्रकृति हेर्दा कसैले बलात्कार गरि हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयको टोली पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।