२० जेष्ठ २०८१, आईतवार
Follow Us

बेलायतमा २५६८ औं बुद्ध जयन्ती मनाउने तयारी

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०८१, आईतवार २०:२१

लन्डन । बेलायतमा २५६८ औं बुद्ध जयन्ती मनाउने तयारी गरिएको छ । बुद्ध फाउण्डेशन यूकेले आइतवार एक पत्रकार सम्मेलनको आयोजना गर्दै २ जुन आइतबार २५६८ औं बुद्ध जयन्ती मनाइने जानकारी दिएको हो ।

वुल्लीचको जनरल गोर्डन स्क्वायरमा आयोजना हुने सो कार्यक्रमको तयारी सुरु भएको संस्थाका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए । श्रेष्ठले नेपाल पर्यटन प्रवर्धन गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गर्न लागिएको बताए ।

दिउसो २ देखि सांझ ७ बजेसम्म हुने कार्यक्रममा नेपाली संस्कृति झल्किने नृत्य तथा झाँकीहरु प्रस्तुति रहनेछ ।

पत्रकार सम्मेलनमा कार्यक्रम फाउण्डेशनकी उपाध्यक्ष प्रसुना कंडेलले कार्यक्रमले शान्तिको सन्देश फैलाउने एवं नेपाल र नेपाली कला संस्कृति प्रवर्धन गर्न देवा पुग्ने बताइन् ।
लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र पर्यटन मन्त्रालयको सहकार्यमा हुने कार्यक्रममा बेलायतका बिभिन्न क्षेत्रबाट सहभागिता रहने अपेक्षा रहेको छ । कार्यक्रममा बिभिन्न देशका विदेशी कूटनीतिज्ञहरुको समेत उपस्थिति रहने छ ।

पत्रकार सम्मेलनमा सल्लाहकारहरु विनोद ज्ञवाली, फडिन्द्र भट्टराई र आर के त्रिपाठी, इनास यूके अध्यक्ष सन्जय कंडेल, जनजाति महासंघ यूके अध्यक्ष कर्मा पहाडी शेर्पा लगायतले आआफनो सुझाव दिए । कार्यक्रम सञ्चालन फाउण्डेशनका उपाध्यक्ष अर्जुन कटुवालले गरेका थिए ।