२५ बैशाख २०८१, मंगलवार
Follow Us

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२० आश्विन २०७७, मंगलवार ०४:३३

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा दुई र सुनसरीमा र नवलपरासीमा एक–एक जनाको मृत्यु भएको हो ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत दुई संक्रमित पुरूषको आज बिहान मृत्यु भएको हो । मृत्यु हुनेमा रतुवामाई नगरपालिका –८ का ४५ वर्षीय र कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुष रहेका छन् । कानेपोखरीका पुरूष ब्लड क्यान्सरबाट पीडित थिए भने रतुवामाईका पुरूषमा मधुमेहको पनि समस्या थियो ।

त्यस्तै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचरारत धरान–३ का ६४ वर्षीय पुरुषको पनि आज विहान मृत्यु भएको छ । उनी गत असोज १२ गते संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए ।

साथै चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कावासोती नगरपालिका ५ का ७७ वर्षीया वृद्धको आज विहान मृत्यु भएको हो ।

निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ ती वृद्ध यही असोज १६ गते अस्पतालमा भर्ना भएका थिए । योसँगै नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ५ सय ५८ पुगेको छ।