खेल

दशौ राष्ट्रिय खेलकुद: एनआरएनएकी लिली बोहराद्धारा पौडीमा राष्ट्रिय रेकर्ड ब्रेक

नेपाल रङ्गशाला स्थित पौडी ५० मिटिर पौडी पोखरीमा भएको पौडी प्रतियोगितामा राष्ट्रिय रेकर्ड कायम भएको छ ।

आज बिहान भएको हिट चरणको प्रतियोगिताको महिला ४०० मिटर इन्डिभिजुएल मिड्लेमा एनआरएनएकी लिली बोहराले सोफिया शाहको नाममा रहेको ५ मिनट ४८.५४ सेकेन्ड समयको रेकर्ड ब्रेक गर्दै ५ मिनट २१.५२ सेकेन्ड समयमा दुरी पुरा गरिन् । सो समयलाई लिलीले फाईनलमा पुन ब्रेक गर्दै ५ मिनट १७.०१ को समयमा दुरी पुरा गर्दै स्वण जितिन् । हिट चरणमा सोफियाले भारतको गुहाटीमा आयोजना भएको १२ सागमा राखेको रेकर्डलाई नेपाली सेनाकी दुवाना लामाले पनि ब्रेक गरेकी थिईन् । लामाले उक्त दुरी ५ मिनट २५.१७ सेकेन्ड समयमा पुरा गरेकी थिईन् । यस प्रतियोगितामा दोश्रो स्थानमा नेपाल आर्मीकी दुवाना लामा र तेश्रो स्थानमा नेपाल पुलिसकी देवांसी जोशी रहिन् ।
यस्तै ५० मिटर ब्रेष्ट स्टोकमा कोशी प्रदेशका बिकास कुमालल ११ औं एनएसए कपमा राखेको ३०.६६ सेकेन्ड समयको आफ्नो नाममा राखेको रेकर्डलाई सुधार गर्दै ३०.६४ सेकेन्ड समयका रेकर्ड राखे । उनले उक्त रेकर्ड बिहान भएको हिट चरणमा राखेका हुन् । फाईनलमा कुमालले ३०.८४ सेकेन्ड समयका साथ स्वर्ण हात पारे । नेपाली सेनाका जाडेन श्रेष्ठले रजत र पुलिसका ईरभिन श्रेष्ठले कास्य पाए ।
दशौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पौडी प्रतियोगितामा नेपाल पुलिसका मायोन श्रेष्ठले हात पारे । उनले आज विहान भएको १५ सय मिटर फ्रि स्टायलमा १७ मिनट ४८.६१ सेकेन्ड समयका साथ स्वर्ण जितेका हुन् । सुदूरपश्चिमका अथर्व सिंहले रजत र पुलिसका रचित बुढाथोकीले कास्य पाए ।
महिला ५० मिटर ब्रेष्ट स्ट्रोकमा आर्मीकी दुवाना लामाले ३६.२५ सेकेन्ड समयका साथ स्वर्ण जित्दा बागमतीकी रोयल प्रजापतीले रजत र बागमतीकै प्राज्ना ताम्रकारले कास्य जिते ।

पुरुष १०० मिटर फ्रिस्टायलमा बागमतीका अभिभ प्रधानले ५३.०३ सेकेन्ड समयका साथ स्वर्ण हात पारे । नेपाल पुलिसका इरभिन श्रेष्ठले रजत र आर्मीका अल्भिन महर्जनले कास्य पाए ।
महिला तर्फको उक्त स्पर्धामा एनआरएनकी मिखा काया थापाले १ मिनट ०२.९३ सेकेन्ड समयका साथ स्वर्ण हात पार्दा आर्मीकी दुवाना लामाले रजत र एनआरएनकी लिली बोहराले कास्य पाए ।
पुरुष २ सय मिटर ब्याकस्ट्रोकमा बागमतीका अभिभ प्रधानले स्वर्ण जिते । उनले उक्त दूरी २ मिनट २०.६५ सेकेन्ड समयमा पुरा गरे । सुदरपश्चिमका अथर्व सिंहले रजत र बागमतीका रेवन्त बहादुर श्रेष्ठले कास्य जिते । यसै स्पर्धामा महिाल तर्फ उक्त दुरी २ मिनट ३९.६४ सेकेन्ड समयका साथ एनआरएनकी मिखा काया थापाले जितिन् । दोश्रो स्थानमा नेपाल पुलिसकी देवांसी जोशीले र तेश्रो स्थानमा बागमतीका आर्या महर्जन (सिनियर) रहे ।

४ गुणा १०० मिटर मिड्ले रिले तर्फ आर्मीका रायन सिंह देउजा, जाडेन श्रेष्ठ, सौरेन बहादुर सिंह र अल्भिन महर्जनको संयुक्त टिमले स्वर्ण जिते । उक्त टिमले उक्त दुरी ४ मिनट १३.०६ सेकेन्ड समयमा पुरा गरेका हुन् । बागमती प्रदेशले रजत र नेपाल पुलिसले कास्य जिते ।

महिलाको ४ गुणा ५० मिटर फ्रिस्टायल रिलेमा बागमती प्रदेशका रोयल प्रजापती, प्रान्जा ताम्रकार, आर्या महर्जन र आर्या महर्जन (सिनियर) को जोडीले २ मिनट १.३० सेकेन्ड समयका काथ स्वर्ण जिते । आर्मीले रजत र पुलिसले कास्य जिते ।
४ गुणा ५० मिटर मिक्स फ्रिस्टायल रिलेमा बागमतीले स्वर्ण जित्यो । बागमतीका रेवन्त बहादुर शाह, आर्या महर्जन (सिनियर), रोयल प्रजापती र अभिभ प्रधानको जोडीले उक्त दुरी १ मिनट ५०.२७ सेकेन्ड समयमा पुरा गरेका थिए । आर्मीले रजत र नेपाल पुलिसले कास्य पाए ।

आज ११ पदकका लागि भएको खेलमा बागमतीले ४ स्वर्ण २ रजत र ३ कास्यका साथ अग्रस्थान रह्यो । एनआरएनले ३ स्वर्ण र १ कास्य, आर्मीले २ स्वर्ण, ५ रजत र १ कास्य, पुलिसले १ स्वर्ण, २ रजत र ६ कास्य, कोशीले १ स्वर्ण र सुदूरपश्चिमलृ २ रजत प्राप्त गरे ।

भोली पनि ११ पदकका लागि प्रतिस्पर्धा हुने पौडीका टेक्निकल डाइरेक्टर बिष्णु खड्काले बताएका छन् । भोलीको खेल ९ बजे संचालन हुने छ ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता