२३ बैशाख २०८१, आईतवार
Follow Us

बाँकेमा थप चार जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१६ कार्तिक २०७७, आईतवार ०६:३०

बाँके। कोरोना संक्रमणका कारण बाँकेमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमा मध्ये बाहिरी जिल्लाका दुई जना हुन । यो संगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

उपचारको क्रममा कोरोना संक्रमणका कारण मृत्यु हुनेमा कैलालीको टिकापुर नगरपालिका १ का ६० बर्षीय पुरुषको गत राति १ बजे, दाङको घोराही उपमहानगरपालिका – ४ का ७० वर्षीय पुरुषको बिहान ५:०० बजे, तुलसीपुर उपमहानगरपालिका १८ का ७० वर्षिय पुरुषको दिउँसो २:४५ बजे, नेपालगन्ज उपमहानगरपालिका २० की ६० वर्षीया महिलाको शनिबार साँझ ५:३० बजे मृत्यु भएको अस्पतालको श्रोतले पुष्टि गरेको जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनीहरुको उपचारको क्रममा संक्रमणका कारण नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो।