२३ जेष्ठ २०८१, बुधबार
Follow Us

२९३३ संक्रमित थपिए, आज २३ जनाको निधन

नेपालब्रिटेन संवाददाता
१७ कार्तिक २०७७, सोमबार ११:३२

काठमाडौं । नेपालमा गत २४ घण्टामा २९३३ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १३४४६ जनाको पीसीआर परीक्षण गर्दा २९३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उपत्यकामा मात्रै १६३० जना संक्रमित भएका छन् । काठमाडौंमा १३२९, भक्तपुरमा १०८ र ललितपुरमा १९३ जना संक्रमित भए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३१५० जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १३७९९२ रहेको छ । नेपालमा निको हुनेको दर ७८.२ प्रतिशत रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३१५० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ३७ हजार ९९२ पुगेको छ ।