२९ बैशाख २०८१, शनिबार
Follow Us

आज फाल्गुनन्द जन्मजयन्ती

नेपालब्रिटेन संवाददाता
२५ कार्तिक २०७७, मंगलवार ०५:४१

काठमाडौं । राष्ट्रिय विभूती, किराँत धर्मका महागुरु तथा समाज सुधार फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै जन्मजयन्तीका अबसरमा पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापालगायत पूर्वी पहाडी जिल्लामा विभिन्न कार्यक्रम गरिन्छ ।

फाल्गुनन्दको जन्म १९४२ साल कात्तिक २५ गते इलामको इभाङ–५ चुक्चिनाम्बामा भएको थियो । उनको २००५ चैत २२ गते निधन भएपछि विभिन्न किराँत संघसंस्थाले हरेक वर्ष कात्तिक २५ गते फाल्गुनन्द जयन्ती मनाउँदै आएका छन् । उनलाई २०६६ साल मङ्सिर १६ गते सरकारले नेपालका १६औँ राष्ट्रिय विभूति घोषणा गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी लगायत प्रमुख दलका नेताहरुले फाल्गुनन्द जयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई महान् धार्मिक तथा समाज सुधारक र समाजका लागि व्यावहारिक आर्थिक नीति नियम बनाउने एक कुशल अर्थविद्का रूपमा पनि लिन सकिने उल्लेख गरेकी छिन् ।