३० बैशाख २०८१, आईतवार
Follow Us

डा. गोविन्द केसीको उपचार खर्च सरकारले व्यहोर्ने

नेपालब्रिटेन संवाददाता
२९ कार्तिक २०७७, शनिबार ०५:५६

काठमाडौं । कोरोना संक्रमण देखिएका डा. गोविन्द केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै डा. केसीको स्वास्थ्य लाभको कामना समेत गरेका छन् । डा. केसीमा शुक्रबार कोरोना संक्रमण देखिएको हो । उनको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

उनको श्वासप्रश्वासमा पनि समस्या देखिएको छ भने उनलाई खोकी पनि लागेको उपचारमा सग्लन चिकित्सकले बताएका छन् । केही दिनअघि मात्रै डा. केसी चिकित्सा शिक्षामा सुधारमा माग गर्दै १९ औं पटक अनसन बसेका थिए ।