२२ बैशाख २०८१, शनिबार
Follow Us

हङकङ आगलागीमा मृत्यु भएका नेपालीको संख्या ११ पुग्यो (नामावली सहित)

नेपालब्रिटेन डट कम्
२ मंसिर २०७७, मंगलवार १५:४०

हङकङ । हङकङमा नेपालीले संचालन गरेको रेस्टुरेन्टमा भएकाे आगलागीमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार जार्डनस्थित नेपालीले सञ्चालन गरेको ‘जिरे खुर्सानी’ रेस्टुरेन्टमा गत आइतबार राति आगलागी भएको हाे।

स्थानीय सञ्चारमाध्यमका अनुसार आगलागीमा परी मृत्यु हुनेकाे संख्या ११ पुगेको हाे। ती सबै नेपाली हुन् भने धेरैजसो बागलुङका छन्।

मृतकमध्ये ७ जनाको सनाखत भएको छ। जसमा ९ वर्षीय रियान नेपाल, ३८ वर्षीय युवराज कँडेल, १३ वर्षीय कृतिका कँडेल, ३५ वर्षीय राजबाबु नेपाल, ३९ वर्षीय शेरबहादुर गुरुङ, ३२ वर्षीया अनिता निरौला र ४० वर्षीया विनिता तामाङ छन्। अन्यको सनाखत हुन बाँकी छ।

अन्य ७ जनाको अवस्था गम्भीर छ। उनीहरूको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ। भाइटीकाकाे अघिल्लाे राति जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट सल्केर रेस्टुरेन्टमा आगलागी भएकाे त्यहाँकाे प्रहरीले जनाएकाे छ।