३० बैशाख २०८१, आईतवार
Follow Us

संक्रमणबाट धनुषामा एक वडाध्यक्षको मृत्यु

नेपालब्रिटेन संवाददाता
४ मंसिर २०७७, बिहीबार १०:०९

जनकपुर । धनुषामा कोरोना संक्रमित एक जना वडाध्यक्षको मृत्यु भएको छ। धनुषाधाम नगरपालिका वडा नम्बर‍-६ का वडाध्यक्ष बन्देबहादुर मोक्तानको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

७० वर्षीय मोक्तानको बिहीबार बिहान जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको धनुषाधाम नगरपालिकाका प्रमुख बालेश्वर मण्डलले जानकारी दिए।

वडाध्यक्ष मोक्तानलाई एक हप्ता पहिले ज्वरो लागेपछि पुष्पवलपुरस्थित स्वास्थ्य चौकीमा उपचार गराइएको थियो। त्यहाँ उनको स्वास्थ्य अवस्थामा सुधार नभएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको थियो।

उनको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको थियो। शरीरमा अक्सिजन लेभलसमेत कम रहेको वडाध्यक्ष मोक्तानको गत सोमबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। उनी तत्कालीन एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।