२४ बैशाख २०८१, सोमबार
Follow Us

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

नेपालब्रिटेन संवाददाता
११ मंसिर २०७७, बिहीबार ०५:३९

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको छ । उनको उपचारमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीसहित पाँच जनाको टोली खटिएको बताइएको छ । नारायणगढको एक होटलमा बसेका शाहलाई बुधबार साँझबाट छातीमा समस्या आएको थियो ।

शाहको उपचारको लागि चितवन मेडिकल कलेजका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीसहित पाँच जनाको टोली परीक्षणका लागि होटल पुगेको हो । शाहमा मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो । सोही समस्या बल्झिएको हुनेसक्ने चिकित्सकहरूले बताए ।