३० बैशाख २०८१, आईतवार
Follow Us

चन्द्रमामा झण्डा फहराउने दोस्रो राष्ट्र बन्यो चीन

नेपालब्रिटेन संवाददाता
२० मंसिर २०७७, शनिबार ०३:५३

लन्डन । चीनले चन्द्रमामा आफ्नो झण्डा फहराएको छ । चन्द्रमामा झण्डा पहराउने चीन दोस्रो राष्ट्र बनेको छ । ५० वर्ष अघि अमेरिकाले पहिलोपटक आफ्नो झण्डा चन्द्रमामा फहराएको थियो ।

चन्द्रमाको सतहमा रातो पृष्ठभूमिमा पाँच तारा युक्त चीनको झण्डा देखिएको तस्बिर चीनको राष्ट्रिय अन्तररिक्षा एजेन्सीले सार्वजनिक गरेको हो । च्याङ्ग’इ–५ अन्तरिक्षा यानमा रहेको क्यामराले सो तस्बिर लिएको हो । चन्द्र सतहबाट माटो र ढुंगा लिएर सो यान बिहीबार बाहिरिएको छ ।

अमेरिकाले सन् १९६९ मा एपोलो ११ अन्तरिक्ष अभियान मार्फत चन्द्रमामा पहिलो पटक आफ्नो झण्डा गाडेको थियो। त्यसपछि सन् १९७२ सम्ममा उसले थप पाँच झण्डा चन्द्रमामा राख्न सफल भएको थियो । बीबीसी