२९ बैशाख २०८१, शनिबार
Follow Us

राजसंस्था पुनर्वहालीको माग गर्दै विशाल शक्ति प्रदर्शन गरिने

नेपालब्रिटेन संवाददाता
२१ मंसिर २०७७, आईतवार १४:३९

काठमाडौ । राष्ट्रवादी नागरिक समाजले राजसंस्था पुनर्वहालीको माग गर्दै विशाल शक्ति प्रदर्शन गर्ने भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै समाजले आगामी मंसिर २६ गते शुक्रबार दिउँसो १२ बजे रत्नपार्कमा राजसंस्थाको पक्षमा जनप्रदर्शन गर्ने जनाएको हो ।

राजतन्त्र पुनर्वहाली गर्न, समावेशी राज्यसत्ता सहितको समृद्ध नेपाल बनाउन, धार्मिक स्वतन्त्रता सहित हिन्दु, बौद्ध, किराँत अधिराज्य नेपाल कायम राख्नका लागि राजसंस्थाको पक्षमा जनप्रदर्शन गर्न लागिएको समाजले जनाएको छ ।

प्रमुख राजनीतिक दलका नेताले देशलाई कमाई खाने भाँडो बनाएको भन्दै अब देशमा राजसंस्था पुर्नवहाली ढिलो भए झन् समस्या थपिने राष्ट्रवादी नागरिक समाजको भनाइ छ ।