२१ बैशाख २०८१, शुक्रबार
Follow Us

थप ७४३ जनामा कोरोना पुष्टि, ९५२ जना संक्रमणमुक्त

नेपालब्रिटेन संवाददाता
८ पुष २०७७, बुधबार ११:३५

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६५५९ जनामा कोरोना परीक्षण गरिएको मा थप ७४३ जनामा कोरोना पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ।

पछिल्लो २४ घण्टामा ९५२ जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४६ हजार ६ सय ६१ पुगेको छ । त्यस्तै, कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ३ पुगेको छ।