२९ बैशाख २०८१, शनिबार
Follow Us

संसद बिघटनको पक्षमा काठमाडौंमा अनेरास्ववियूको प्रदर्शन

नेपालब्रिटेन संवाददाता
१९ पुष २०७७, आईतवार ११:११

काठमाडौ । नेकपा ओली समूहका अनेरास्ववियूले संसद बिघटनको पक्षमा काठमाडौंमा प्रदर्शन गरेका छन् । काठमाडौंका विभिन्न कलेजबाट माइतीघर मण्डलामा भेला भएका विद्यार्थीहरुले नारा जुलुस सहित प्रदर्शन गरेका हुन् ।

माइतीघर मण्डलाबाट बबरमहलसम्मको सडकमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन । उनीहरुले प्रधानमन्त्री ओलीले चालेको कदमको समर्थनमा नारा समेत लगाएका थिए । अखिल र सूर्य चिन्ह अंकित झण्डाका साथ प्रदर्शनमा सहभागी भएका उनीहरुले दाहाल र नेपाल नेकपाका नेताका विरुद्धमा नारावाजी गरेका थिए ।

सरकार र पार्टी सञ्चालनमा अवरोध भएका कारण ताजा जनादेशमा जान गरिएको संसद बिघटन जायज भएको प्रदर्शनमा सहभागीहरुको भनाई छ ।