३० बैशाख २०८१, आईतवार
Follow Us

सशस्त्र प्रहरीको लिखित परीक्षामा १० जना नक्कली परीक्षार्थी पक्राउ

नेपालब्रिटेन संवाददाता
१९ पुष २०७७, आईतवार ११:१२

काठमाडैँ । सशस्त्र प्रहरीको लिखित परीक्षामा १० जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अर्काको नाममा परीक्षा दिँदै गरेका १० जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका १० जना शनिबार पक्राउ परेका हुन् ।

खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समूह र साधारण उपसमूहतर्फको लिखित परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ गरिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बलको तर्फबाट ‘थम्ब रिडर बायोमेटिक डिभाइस’ प्रयोग गरी परीक्षार्थीको यकिन गर्ने क्रममा नेपालभरका विभिन्न परीक्षा केन्द्रबाट १० जना नक्कली परीक्षार्थी फेला पारिएको हो ।

सशस्त्र प्रहरी बलमा भर्ना छनोट कार्य निष्पक्ष र पारदर्शी गर्ने उद्देश्यले सो डिभाइस प्रयोगमा ल्याइएको सशस्त्रले जनाएको छ ।