२९ बैशाख २०८१, शनिबार
Follow Us

३६२ जनामा कोरोना पुष्टि, ३ को मृत्यु

नेपालब्रिटेन संवाददाता
२५ पुष २०७७, शनिबार १३:१६

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६९९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय १२ पुगेको छ । हाल देशभर ४ हजार ६ सय ८१ जना सक्रिय संक्रमित रहेका छन्।