३१ बैशाख २०८१, सोमबार
Follow Us

गंगामायाको स्वास्थ्यअवस्था नाजुक

नेपालब्रिटेन संवाददाता
२८ पुष २०७७, मंगलवार १२:१६

काठमाडौं । २२ दिनदेखि अनसनरत गोरखा फुजेल कि गंगामाया अधिकारीको जीवन रक्षाको माग गर्दै अधिकारकर्मीहरुले मंगलबार काठमाडौंको वीर अस्पताल अघि प्रदर्शन गरेका छन । आफ्ना छोराका हत्यारालाई कार्वाहीको माग राखेर लामो समयदेखि संघर्षतरत अधिकारीको अवस्था नाजुक बन्दै गएको भन्दै अधिकारकर्मीले प्रदर्शन गरेका हुन । गंगामायाको स्वास्थ्य विग्रिएको भन्दै सरकारलाई दबाब दिन ‘गंगामाया बचाऔं’ अभियान गर्नुपरेको अधिकारकर्मीले बताए ।

तीन साता लामो आमरण अनशनका कारण अधिकारीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएको भन्दै अधिकारकर्मीले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । २०६१ साल जेठको २४ गते आफ्ना मावली हजुरबा हजुरआमा भेट्न चितवन आएका बेला अधिकारीका १६ वर्षीय छोरा कृण्णप्रसाद अधिकारीको हत्या भएको थियो । आफ्ना छोराका हत्याराका साथै पतिलाई अनशनमै मर्न विवश बनाउने राज्यका पदाधिकारीहरुलाई समेत कार्वाहीको माग गर्दै गंगामाया १२ औं पटकको अनसनमा रहेकी छिन ।