२९ बैशाख २०८१, शनिबार
Follow Us

अनलाइनमार्फत ठगी गर्ने दुईजना पक्राउ

नेपालब्रिटेन संवाददाता
४ माघ २०७७, आईतवार ११:५५

काठमाडौ । ललितपुर प्रहरीले अनलाइन मार्फत विद्युतीय सामान बिक्री गर्ने भनि ठगी गर्ने व्यक्तिलार्ई सार्वजनिक गरेको छ । प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गरि ठगी गर्ने दुईजनालाई आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा पर्सा जिल्ला पकाहामैनपुरका प्रमोद साह र पर्सा जिल्ला बहुदरमाइका मेवालाल साह रहेका छन् ।

पक्राउ परेका दुबैले फेसबुक र ह्वाट्सएपमा कम्प्युटर, मोबाइल, घडी, ल्यापटप जस्ता सामान बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउने भन्दै बिज्ञापन गर्नै सम्पर्कमा आएका खरिदकर्तालाई पैसा डिपोजिट गर्न लगाउने तर सामान नदिइ ठगि गर्ने गरेका थिए । प्रमोद साहलाई पर्साबाट र मेवालाल साहलाई काठमाडौँबाट पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ परेका व्यक्तिको गिरोहले दर्जन बढी व्यक्ति सँग एक करोड बढी ठगि गरेको अनुसन्धानमा खुलेको छ ।

ललितपुर प्रहरीले पछिल्लो समय विभिन्न अनलाइनहरुमा फेसबुक लगायतका अन्य नेटवर्कमा झुटो खाता खोल्ने, विभिन्न प्रलोभन देखाउने, बिज्ञापन गरेर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।