४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

नेकपा प्रचण्ड-नेपाल पक्षको संसदीय दलको नेतामा प्रचण्ड चयन

नेपालब्रिटेन संवाददाता
२१ फाल्गुन २०७७, शुक्रबार १२:५६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् । सिंहदरबामा शुक्रबार बसेको प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठकले दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएर सो पदमा प्रचण्डलाई चनय गरेको हो ।

सिंहदरबारमा जेष्ठ सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले विधिवतरुपमा संसदीय दलको नेता परिर्वतन गरेको हो । संसदीय दलको नेता चयन भएपछि प्रचण्डले सबै सांसदहरुलाई धन्यवाद दिए ।

बैठकअघि प्रचण्ड-नेपाल पक्षले आफू पक्षीय सांसद्हरुको हस्ताक्षर संकलन गरेको थियो । संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको प्रचण्ड-नेपाल समुहले दावी समेत गरेको छ । सांसद सोमप्रसाद पाण्डेले आफ्नो पक्षमा १ सय १४ जना सांसदहरुको हस्ताक्षर संकलन भएको बताए ।