८ जेष्ठ २०८१, मंगलवार
Follow Us

एमाले र माओवादी केन्द्रलाई पत्राचार गर्ने आयोगको तयारी

नेपालब्रिटेन संवाददाता
२५ फाल्गुन २०७७, मंगलवार ०५:०९

काठमाडौँ । निर्वाचन आयोगले एमाले र माओवादी केन्द्रलाई पत्राचार गर्ने तयारी गरेको छ । आयोगले दुवै पार्टीलाई आ–आफ्नो नाम तथा चुनाव चिह्न परिवर्तनका लागि सम्पर्कमा आउन आग्रह गर्दै पत्राचार गर्ने तयारी गरेको हो । सम्भवतः आजै आयोगले पत्राचार गर्ने छ ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकतापछि गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई खारेज गरिदिएको थियो । सर्वोच्चले नेकपा नामको आधिकारिकता ऋषि कट्टेललाई दिने फैसला गरेको छ ।

कट्टेलले आफ्नो नेतृत्वमा पहिल्यै नेकपा नामको पार्टी निर्वाचन आयोगमा दर्ता भएको भन्दै सर्वोच्चमा रिट हालेका थिए । २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र एकता भएर नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखिएको थियो ।