४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

सरकार गठनबारे माओवादी केन्द्रले कांग्रेस र जसपासँग छलफल गर्ने

नेपालब्रिटेन संवाददाता
२५ फाल्गुन २०७७, मंगलवार १०:४५

काठमाडौ । नेकपा (माओवादी केन्द्र) ले संसद र सरकार गठनबारे नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने निर्णय गरेको छ। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले नेकपा एमालेसँग पनि वार्ता गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले फागुन २९ गते केन्द्रीय समिति र चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णय गरेको जनाइएको छ ।अर्को स्थायी कमिटी बैठक बुधबार दिउँसो बस्ने छ ।