८ जेष्ठ २०८१, मंगलवार
Follow Us

खोप विज्ञको विषयलाई लिएर बेलायत र इयूबीच विवाद

नेपालब्रिटेन संवाददाता
२७ फाल्गुन २०७७, बिहीबार १०:५६

युरोपेली संघका एक वरिष्ठ अधिकारीले बेलायतले र युरोपेली संघका खोप विज्ञहरु माथि प्रतिबन्ध लगाएको आरोप लगाएपछि यी दुई शक्ति बीचको सम्बन्ध चिसिएको छ ।

युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स माइकले युरोपेली खोप विज्ञलाई प्रतिबन्ध लगाएको आरोप गलत भएको बताइएको छ । बेलायतले सो आरोप पूर्ण रुपमा असत्य भएको भन्दै अस्वीकार गरेको छ ।

इयूका प्रतिनिधिले यस विषयमा थप छलफल गर्नुपर्ने बताएका छन् । कोरोना भाइरसको खोप उत्पादन र वितरण शुरु भएयता दोस्रो पटक बेलायत र इयु बीच विवाद भएको हो ।

यसै बीच गत जनवरीमा युरोपेली संघले खोप विज्ञका विषयमामा नयाँ नियन्त्रण प्रणाली कार्यान्वयनमा ल्याएको हो । युरोपेली ब्लकमा कोभिड खोप अभियान ढिलो भएको भन्दै आलोचना हुँदै आएको छ ।