४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

नेपालब्रिटेन संवाददाता
२ चैत्र २०७७, सोमबार ०४:४८

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । आइतबारबाट पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठक आज बिहान ११ बजे बस्नेगरी बोलाइएको छ । आजको बैठकमा आइतबार प्रस्तुत ६ वटा एजेण्डामा नै केन्द्रित भएर छलफल गरिने नेताहरुले बताएका छन् ।

हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठले धारण राखेका थिए भने सात प्रदेशका नेताहरुले प्रदेशको रिपोर्टिङ गरेका थिए । माओवादी केन्द्रले नामा फेर्ने लगायतका विविध विषयहरुमा छलफल गरिरहेको छ । सर्वोच्च अदालतको फैसलाले पार्टी अलग भए पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने अहिलेसम्म फिर्ता लिएको छैन ।

प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गरेर अविश्वासको प्रस्ताव ल्याउने योजनामा माओवादी देखिएको छ । आजै यी तीन दलबीच सत्ता समिकरणका विषयमा पनि छलफल हुँदैछ ।