४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

राष्ट्रपतिबाट सर्वदलीय बैठक आह्वान, दलहरुबीचको तिक्तता तोड्ने पहल

नेपालब्रिटेन संवाददाता
३ चैत्र २०७७, मंगलवार ०३:४७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सर्वदलीय बैठकको आह्वान गरेकी छिन । सत्ता समीकरणका लागि दलहरुबीच तीव्र रुपमा छलफल चलिहरेका बेला राष्ट्रपति भण्डारीले सर्वदलीय बैठकको आयोजना गरेकी हुन् ।

आज राष्ट्रपति भवन शितल निवासमा डाकिएको सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुलाई बोलाइएको छ । आज दिउँसो ४ बजेका लागि बोलाइएको बैठकको एजेण्डा बारे कुनै जानकारी नगराइए पनि दलहरुबीच चलिरहेको सत्ता गठबन्धनका बारेको छलफलमा राष्ट्रपतिको चासो हुनसक्ने अड्कल गरिएको छ ।

विगतमा पनि नेकपाभित्रको विवाद मिलाउन राष्ट्रपति भण्डारी खेलेको भूमिकाको आलोचना हुने गरेको थियो । संसद विघटनमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदममा राष्ट्रपतिको भूमिकालाई लिएर सर्वत्र आलोचना भएको थियो ।

देशका गम्भीर सवालहरुमा भन्दा सत्ता टिकाउन राष्ट्रपतिले खेल्ने गरेका भूमिकाप्रति निन्दा हुने गरेको छ । सोमबार राष्ट्रपतिले बैठक आह्वान गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरेर भेट्ने इच्छा व्यक्त गरेका छन् । विगतमा पनि शीतल निवासमा राष्ट्रपति भण्डारीसँग दुबै अध्यक्ष रहेको नेकपाको विवाद मिलाउन लामो छलफल हुने गरेको थियो ।