४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

‘एक रातको रेट सोध्थे मलाई’

नेपालब्रिटेन संवाददाता
५ चैत्र २०७७, बिहीबार ११:१५

काठमाडौं । नेपाली फिल्मी इन्डस्ट्रीमा सुरक्षा पन्त अब्बल नायिकाको रुपमा चिनिन्छन् । बुटवलमा जन्मिएका सुरक्षा इन्जिनियरिङकी विद्यार्थी हुँदै अभिनय क्षेत्रमा आएकी हुन् । चलचित्र ‘अझै पनि’ बाट फिल्म इनडस्ट्रीमा प्रवेश गरेकी उनले पछिल्लो समय थुप्रै चलचित्रमा अभिनय गरिसकेकी छन् ।

नेपालमा पछिल्लो समय महिला हिंसाका घट्नाहरु बढ्दो रुपमा सार्वजनिक हुन थालेको छ । यसै सन्दर्भमा आधारित रहेर गरिएको कार्यक्रम ‘ऐना’मा नायिका सुरक्षा पन्तले आफुलाई पनि हिंसा हुने गरेको बताएकी छन् । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चालन गरेको ‘ऐना’ कार्यक्रम प्रत्येक बुधबार कान्तिपुर टेलिभिजनबाट प्रशारण हुन्छ ।

‘मलाई सुरु-सुरुमा अपरिचित नम्बरबाट धेरै फोन आउँथे । अनि डाइरेक्ट तिम्रो ‘रेट’ कति हो ? एक रातको कति लिन्छौ ? जस्ता कुराहरु सोध्थे । म झसंग बन्थेँ ।’ उनले भनिन्, ‘के कुरा गरेको तपाईंले यस्तो भन्दा यो त नर्मल हो जसले पनि गर्छन्, भन्थे । त्यस्तो सुन्दा त यो पेशालाई लिएर नै म झसंग हुन्थेँ ।’

मलाई त्यो बेला य यो पेसा यसरी नै चलिराको छ भन्ने खालका प्रश्नहरु उठ्थ्यो !’ कार्यक्रम ऐनाले ‘सार्वजनिक स्थलमा यौन दुव्र्यवहार किन र कहिलेसम्म ?’ भन्ने शिर्षकमा कार्यक्रम सञ्चालन गरेको थियो । त्यस कार्यक्रममा नायिक पन्तसहित धेरै महिलाहरुले आफुले भोगेका यौन दुव्र्यवहारका समस्याहरु सुनाएका थिए ।