८ जेष्ठ २०८१, मंगलवार
Follow Us

होटल कोठामा बोलाउँदै भिडियो बनाएको अभियोगमा दुई महिला पक्राउ

नेपालब्रिटेन संवाददाता
५ चैत्र २०७७, बिहीबार ११:२१

काठमाडौं । विभिन्न व्यक्तिलाई होटल कोठामा बोलाई गोप्य भिडियो बनाएर व्ल्याकमेलिङ गरेको अभियोगमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतका लालसरी शाही (ललिता) र कल्पना हमाल छन् । उनीहरुलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

लालसरीले कोटेश्वरका एक पुरुषलाई सुन्धारास्थित गेष्टहाउसमा बोलाई बोलाई गोप्य भिडियो खिचेका थिए । सोही भिडियो ती पुरुषको मेसेञ्जरमा पठाई ब्ल्याकमेलिङ गरी आइएमईमार्फत बारम्बार रकम असुलेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । लालसरी यसअघि पनि विभिन्न मुद्दामा जेल बसिसकेका महिला हुन् ।