२१ जेष्ठ २०८१, सोमबार
Follow Us

नेपाल टेलिभिजनको महाप्रवन्धकमा फुलमान नियुक्त

नेपालब्रिटेन संवाददाता
६ चैत्र २०७७, शुक्रबार ०५:५३

काठमाडौं । नेपाल टेलिभिजनको महाप्रबन्धकमा फुलमान बल नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले चार वर्षका लागि बललाई महाप्रबन्धक नियुक्त गरेको हो । बल खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त भएका हुन् ।

गोविन्द रोका ‘सचिन’ फागुन पहिलो साता चार वर्षे कार्यकाल पूरा गरी बिदा भएपछि रिक्त महाप्रबन्धकमा बललाई नियुक्त गरिएको हो । कान्तिपुर दैनिकमा डेढ दशकसम्म कला शैली संयोजक रहेका बलले ठूलो पर्दाका चलचित्रको निर्देशनसमेत गरिसकेका छन् ।