४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

अष्ट्रेलियामा बाढीको वितण्डा, १८ हजार मानिसलाई सुरक्षित स्थानमा सारियो

नेपालब्रिटेन संवाददाता
९ चैत्र २०७७, सोमबार ०५:१२

अष्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा आएको बाढीका कारण हजारौं मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । न्यु साउथ वेल्स राज्यका विभिन्न क्षेत्रमा बाढी आएपछि झण्डै १८ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

केही दिनदेखि परेको भारी वर्षाका कारण त्यस स्थानमा बाढी आएको हो । भारी वर्षापछि प्रान्तीय राजधानी सिड्नीका नदी र बाँधमा पानीको मात्रा बढेको र बाढी आएको समाचारमा जनाइएको छ ।

अझै केही दिनसम्म बाढीले निरन्तरता पाउने अष्ट्रेलियाका अधिकारीहरुले बताएका छन् । उनीहरुले सर्वसाधारणलाई सतर्क रहन समेत अनुरोध गरेका छन् । त्यस्तै प्रधानमन्त्री स्कट मोरिसनले बाढीका कारण विस्थापित हुन पुगेका मानिसहरुलाई आर्थिक सहायता प्रदान गरिने बताएका छन् ।

उनले स्थानीय रेडियो टुजिबीसंगको सम्वादका क्रममा आफ्नो मुलुकका लागि अर्को परीक्षणको समय आएको बताएको बिबिसीले जनाएको छ ।